२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

मेरो माइक्रो फाइनान्सद्वारा क्वारेन्टाइन व्यवस्थापनमा सहयोग

हापुरे,
१६ जेठ । कोभिड १९ को संक्रमण आशंका गरिएका वा संक्रमण भएका व्यक्तिहरुको सम्पर्कमा पुगेका ब्यक्तिहरुका लागि बबई गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनका लागि आर्थिक सहयोग जुट्दै गएको छ ।

यसैबिच मेरो माइक्रो फाइनान्स हापुरे शाखाले गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापनको लागि १० दश हजार आर्थिक सहयोग गरेको छ । उक्त सहयोग फाइनान्सका शाखा प्रमुख रबी खनाल र कृष्ण खत्री, देवीकला सापकोटाले बबई गाउँपालिका प्रमुख भुबनेस्वर पौडेललाई हस्तान्तरण गरेका हुन् ।

यस अघि नै मेरो माइक्रो फाइनान्सले नेपाल सरकारको कोरोना राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।