२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

शान्तिनगरका ४९ घरपरिवारलाई सिडको खाद्यान्न सहयोग

शान्तिनगर,  
१६ जेठ । समाजमा वातावरणीय शिक्षाको विकास (सीड) ले आज शुक्रबार दाङ शान्तिनगर गाउँपालिकाका ७ वटै वडाका विपन्नहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन र यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका एकल महिला, अपांग तथा सुत्केरी महिलाहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।

शान्तिनगर गाउँपालिकाका ४९ घर परिवारहरुलाई २ केजी चिनी, २५ केजी चामल, ८ वटा साबुन, २ केजी आटा र २ केजी दाल उपलब्ध गराईएको सीडका कार्यकारी निर्देशक भागीराम चौधरीले जानकारी दिए ।

राहत वितरणमा सिडका अध्यक्ष राममती चौधरी, कार्यकारी निर्देशक भागीराम चौधरी, शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगी, वडा नं. ४ का अध्यक्ष धन बहादुर के.सी लगाएतकाको उपस्थिती रहेको थियो ।