२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बेलझुण्डीको कोरोना अस्पतालबाट ८ जना डिस्चार्ज

तुलसीपुर, 
१६ जेठ । दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालबाट शुक्रबार ८ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन । दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज विदाई गरेर घर पठाईएको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

उनिहरुलाई एक औपचारिक कार्यक्रम गरी खादा लगाएर विदाई गरिएको शर्माले बताए । निको भएर घरजानेमा कपिलवस्तुका ४ जना, बाँके नरैनापुरका ३ जना र दाङको गढवाका एक जना सहित ८ जना रहेका छन ।

कोरोना जितेकाहरुलाई लिन संवन्धित स्थानिय पालिकाहरुले एम्वुलेन्स पठाएका थिए । अस्पतालमा ४५ जना कोरोना संक्रमित रहेकोमा ८ डिस्चार्ज भएसंगै अहिले ३७ जना कोरोना संक्रमित रहेका छन् ।