काठमाडौं,
१६ जेठ । शुक्रबार थप १९ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २०६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा टेकु अस्पतालबाट २ जना, पाटन अस्पतालबाट ७ जना, बलम्बु अस्पतालबाट २ जना र कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट ८ जना रहेका छन्।
डिस्चार्ज हुनेमा १६२ जना पुरुष र ४४ महिला रहेका छन्।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार १ सय ५४ र आरडीटी विधिबाट एक लाख ५ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार २ सय ३८ र आरडीटी विधिबाट ३ हजार ४सय ४४ नमुना परीक्षण गरिएको छ। प्रवक्ता देवकोटाका अनुसार हालसम्म क्वरेन्टाइनमा ९९ हजार ३ सय ३६ जना छन् । १ हजार जनाको आइसोलेसनमा उपचार भइराखेको छ।
हालसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ छ।