२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भारतको गुजरातबाट आएका थिए बबईका संक्रमित

बबई,  
१६ जेठ । शुक्रबार दाङमा थप ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परिक्षणमा दाङको बंगलाचुली गाउँपालिकाका ४ जना र बबई गाउँपालिकाका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएकाहरुमा बबई गाउँपालिका–६ पंचकुलेका ३० वर्षिय पुरुष रहेका छन् ।

ती व्यक्ति केहि दिन पहिले भारतको गुजरातबाट आएको बुझिएको छ ।