२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

प्युठानमा ५ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

प्युठान, 
१७ जेठ । प्युठान जिल्लाको ऐराबती गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ५ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ ।

शुक्रवार ऐराबती गाउँपालिका वडा नम्बर ६, बिजुली च्युरापानीमा रहेको जनता माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा आरडिटी बिधिबाट कोरोना परिक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले जानकारी दिए ।

क्वारेन्टाइन बसाइको समय अबधि पुगेका ५ जनाको आरडिटी बिधिबाट परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएसङ्गै उनिहरु ५ जना र उनिहरुसङ्ग एउटै कोठामा बसेका अन्य ६ गरि ११ जनाको पिसिआर बिधिबाट परिक्षण गर्नका लागि स्वाबको नमुना संकलन गरि थप परिक्षणका लागि भैरहवा पठाइएको सुबेदीले जानकारी दिए ।

उनिहरु सबै भारतबाट आई उक्त क्वारेन्टाइनमा बसेको सुबेदीले जानकारी दिए ।