२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरमा युवक हत्यामा संलग्न आरोपमा ८ जना पक्राउ

तुलसीपुर, 
१७ जेठ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले मन्दीप भुजको हत्या आरोपमा एक जना होटेल सञ्चालकहित आठजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटेल सञ्चालक देखि मन्दीपसंग संगैबसेर खाने युवाहरु छन । शुक्रबार साँझ तुलसीपुर उपमहानगरपालिका–९ को मैनाबगरमा रहेको एक होटेलमा संगै बसेर खाने युवाहरुसहति होटेल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले अनुसन्धानमा बाधापुग्ने भन्दै खुलाएको छैन । तुलसीपुरको अटोभिलेजमा रेडीवाटरको काम गर्ने तुलसीपुर–९ को मैनावगरका २८ बर्षीय मन्दीप भुजको गएराति हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।