२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

हतियार र ढुंगाको प्रयोग गरेर मन्दिपको हत्या भएको निष्कर्ष

तुलसीपुर, 
१७ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी मन्दिप भुजको हत्या गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको बयान र विभिन्न प्रमाणका आधारमा चारजनाले हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले निष्कर्ष निकालेको छ । प्रहरी स्रोतका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेवी निबासी सौरभ पोख्रेल, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निबासी अजय बुढाथोकी(असे) र आशिष नेपाली(घ्वापे), तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निबासी ओमबहादुर सार्की(नङकट्टी) लाई पक्राउ गरिएको हो ।

उनीहरुले शुक्रबार राति भुजसंगै एउटै होटेलमा नास्ता खाएर निस्केको समेत प्रहरीले बताएको छ । यस बिषयमा थप अध्ययन गरेर आईतबार पत्रकार सम्मेलन गरि घटनाको बारेमा जानकारी गराउने समेत प्रहरीले बताएको छ । प्रहरीले भुजलाई हत्या गर्न प्रयोग गरेका हतियार, ढुंगालाई पनि सुरक्षित राखेको छ ।

ईप्रका तुलसीपुरका प्रबक्ता चक्रडमर पालका अनुसार घटनाको अनुसन्धान अन्तिम अबस्थामा पुगेको भन्दै आईतबार पत्रकार सम्मेलन गरि बिस्तृत जानकारी दिने बताए ।

मृतक भुज तुलसीपुरमा ‘वल्डिङ’ गर्ने काम गर्दै आएका थिए ।