२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सल्यानमा २५ जना थपिएसँगै कर्णालीमा संक्रमित १२३ जना

सल्यान, 
१८ जेठ । सल्यानमा पहिलो पटक एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेतमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा जिल्लाका २५ जनामा कोरोना संक्रमण भेटिएको हो।

सल्यानमा कोरोना संक्रमण पुष्टि भएकाहरु बन्गाड कुपिन्डे नगरपालिकाका हुन्। उनीहरु सबै छिमेकी देश भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सुर्खेतका थप ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कारोना परीक्षणमा थप ३७ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।

संक्रमण पुष्टि हुनेहरुमा कालिकोटका १८, दैलेखका १८ र बाजुराका १ जना रहेका छन्। कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको कूल संख्या १२३ पुगेको छ। सल्यान, कालिकोट र बाजुरामा पहिलो पटक संक्रमण भेटिएको छ।