२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं, 
१८ जेठ । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावले आज काठमाडौंसहित देशका केही ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्रमशः हट्दै जाने जानकारी दिए।

हाल देशभर सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ। भोलि सोमबार देशको पूर्वी भू भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू भागमा सामान्य बदली रही बाँकी भू भागमा मौसम आंशिक बदली रहनेछ।

पूर्वी भू भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मंगलबार दिउँसो देशको पूर्वी भू भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू भागमा सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।

पूर्वी भू भागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राससको सहयोगमा