२०७७ कार्तिक १३ गते बिहिवार
२०७७ कार्तिक १३ गते बिहिवार

क्वारेन्टाइनबाट घर फर्किदा तन्ना र झुल चोरेर लान थाले

परासी, 
१८ जेठ । क्वारेन्टाइनमा बस्ने अवधि सकिएर घर जानेहरुले ओड्ने ओछ्याउने नै चोरेर लैजान थालेका छन्। पश्चिम नवलपरासी जिल्लाका केही क्वारेन्टाइनमा बस्नेहरुले स्थानीय तहले उपलब्ध गराइएका तन्ना र झुल आफू घर जाँदा लुकाएर लैजाने गरेको पाइएको हो । यसले गर्दा स्थानीय तहलाई आर्थिक बोझ थपेको छ।

क्वारेन्टाइनमा आउँदा झोला लिएर आउने केही व्यक्तिहरुले झुल र तन्ना लैजाने गरेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले बताए । ‘घर जाँदा झोलामा लत्ताकपडा लुकाएर लैजाने गरेको पाइएको छ’ उनले भने ‘झोला खानतलासी गर्ने कुरा पनि भएन तर खाली भएको कोठामा गएर हेर्दा उनीहरुलाई उपलब्ध गराइएका तन्ना र झुल नै नभएको पाइने गरेको छ ।’

कपडा चोरी हुन थालेपछि निगरानी बढाउन थालिएको उनले बताए । नगरपालिकाले सदरमुकाम परासीसहित ११ वटा वडामा क्वारेन्टाइन बनाएको छ ।