२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बबईका कोरोना संक्रमितलाई डेंगु पनि संक्रमण

दाङ,  
१८ जेठ । दाङको बबई गाउँपालिकाका एकजना कोरोना संक्रमित व्यक्तिमा डेंगु भेटिएको छ । बेलझुण्डी कोरोना विषेश अस्पतालको आइसोलसनमा रहेका बबई गाउँपालिका वडा नं. ६ का ३० बर्षीय पुरुषमा आइतवार चेकजाँच गर्दा डेंगु भेटिएको हो ।

अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले ती व्यक्तिमा ज्वरो आएपछि रगत र पिसाव चेकजाँच गर्दा लामखुट्टेको टोकाईवाट हुने डेंगु फेला परेको जानकारी दिए ।

ती व्यक्तिमा जेठ १६ गते कोरोना भाइरस पुष्टि भएपछि बेलझुण्डी अस्पतालमा सोही दिन ल्याइएको वलीले बताए । एक हप्ता अगाडि भारतवाट आएका ती व्यक्ति बबई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका थिए ।

कोरोना संक्रमितलाई लामखुट्टेले टोकेपछि हुने डेंगु फेला परेपछि सोही अनुसार उपचार थालिएको अस्पतालका हेल्थ असिष्टेन्ट वलीले बताए ।