२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

दाङका ९ जनासहित एकैदिन १ सय ६६ जना संक्रमित थपिए

दाङ, 
१८ जैठ । आइतबार दाङमा थप ९ जनामा कोरोना पोजिटिभ देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पीसीआर परीक्षणमा दाङका ४ पालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकरएक जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका ६ का एकजना, वडा नं १५ का १ जना र वडा नं १६का तीनजना रहेको पाइएको छ । योसँगै दाङमा संक्रमितको संख्या ३४ पुगेको छ । संक्रमित सबै केही दिनअघि मात्र भारतबाट आएका थिए ।

त्यसैगरी आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो।

अहिलेसम्म क्वारेन्टाइनमा एक लाख १९ हजार एक सय ९२ जना छन् भने आइसोलेसन एक हजार तीन सय ४९ जना रहेका छन्। आइतबार एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने २२० पुगेको छ। जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन्। आइतबार चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको हो।