२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

महिलाहरुको लागि छुट्टै क्वारेन्टाइन

बर्दिया,
१८ जेठ । बर्दियाको सदरमुकाम गुलरियामा महिलाहरुका लागि क्वारेन्टाइन निर्माण गरिएको छ । गुलरियास्थित कोटही माध्यमिक विद्यालयमा २५ बेड क्षमताको क्वारेन्टाइनको व्यवस्था नगरपालिकाले गरेको हो ।

आइतबारबाट सञ्चालन गरिएको उक्त क्वारेन्टाइनमा ५ जना महिला बसेका छन् । सबै महिला भारतबाट यहाँ आएका हुन् । क्‍वारेन्टाइन सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

महिला प्रहरी र स्वास्थ्यकर्मी रहेकाले क्‍वारेन्टाइनमा बसेका महिलाका लागि आफ्ना समस्या सहज ढंगले सुनाउने र खुलेर स्वास्थ्य उपचार गर्न सहज हुनेछ ।

यसअघि महिला र पुरुषहरुलाई एउटैस्थलमा राखिएको क्‍वारेन्टाइनमा बस्दै आएका थिए । महिलाको संख्या बढ्दै गएपछि अन्य पालिकामा पनि क्वारेन्टाइन निर्माण गरिने जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए । जिल्लामा १ सय ४४ क्वारेन्टाईनमा महिला पुरुष गरि ३ हजार ९ सय १८ जना रहेका छन् ।

जिल्लाको आठ वटै पालिकामा ४ हजार बेडको क्षमता भएको क्‍वारेन्टाइन भरिदै गएको छ । भारतबाट आउने क्रम बढ्दै गएपछि व्यवस्थापनमा चुनौती थपिएको प्रजिअ लामिछानेले बताए । जिल्लामा ८० बेडको आइसोलेसन तयारी अवस्थामा छ । ती मध्ये कोरोना संक्रमित तीन जना राजपुरको आइसोलेसन केन्द्रमा उपचारका लागि भर्ना भएका खबर कान्तिपुरमा प्रकाशित छ।