२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

जिम्मेवार नेताबाटै घटनालाई मोड्न खोजियो : महासचिब बस्नेत

तुलसीपुर, 
१९ जेठ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले रुकुम पश्चिम चौरजारी घटनालाई सत्ता पक्षकै जिम्मेवार नेताहरुबाटै घटनालाई तोडमोड गर्न खोजेको आरोप लगाएका छन्र । ।

शान्ति समाजको २५ औं स्थापना दिवसका अवसरमा आज सोमबार तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै महासचिब बस्नेतले सदनमा समेत गलत रिपोटिङ भएको बताए । जिम्मेवार नेताबाट नागरिकलाई गुम्राह बनाउने कोसिस गरिएको छ, यो पनि सामाजिक अपराध भएको बताउदै महासचिब बस्नेतले यसकिसिमका क्रियाकलापले समूदायमा द्धन्द बढाउने भएकाले घटनामा संलग्न ब्यक्तिहरुलाई संरक्षण गर्न नहुने बताए ।

शाखा सभापति शरद रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा शान्ति समाज दाङ शाखाका संस्थापक सभापति एबम बरिष्ठ अधिबक्ता डिल्लीराज धितालले राजनीतिक अधिकार,सामाजिक न्याय, समुन्त समाज निर्माणका लागि शान्ति समाजले अग्रणी भूमिका निर्बाह गरिरहेको बताए ।

दलित नागरिक समाजका छवी परियारले शान्ति समाजले जातिय बिभेदका बिरुद्ध गरिरहेको अभियान प्रति खुसी ब्यक्त गर्नुभयो । त्यसअवसरमा शान्ति समाजका पूर्ब केन्द्रिय सदस्य निर्मल नेपाली, शाखाका पूर्ब सभापति सुरेश श्रेष्ठ, बिभागीय संयोजक नविनकुमार पोख्रेल, सामाजिक अभियान्ता टोपबहादुर महतरा, नेपाल निजामति कर्मचारी युनियन संघका जिल्ला उपाध्यक्ष रेश्मीराज अधिकारी, लायन्स क्लवका अध्यक्ष यज्ञबहादुर केसी, नेपाल रेडक्रस सोसाईटी दाङका बिश्राम अधिकारी र भिमलाल मरासीनि, त्रिशिदेश्वरी टोल विकास संस्थाका होमराज शर्मा, पत्रकार गोपाल शर्मा भट्टराई र प्रकाश डाँगी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य उपसभापति तुलसीराम सुनार, धन्यबाद ज्ञापन कोषाध्यक्ष अमृतप्रसाद शर्मा र सहजिकरण सहसचिब उषा गौतमले गरेकि थिइन् । २०५३ साल जेठ १९ गते शान्ति समाजको स्थापना भएको हो