२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

कपिलवस्तुमा मात्रै थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु,
१९ जेठ । जिल्लामा सोमबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय नाघेको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ९ पुगेको छ ।

सोमबार शिवराज नगरपालिकामा २५ जना थपिएका छन् । योसँगै शिवराज नगरपालिकामा संक्रमितको संख्या ३२ पुगेको छ । त्यस्तै बुद्धभूमि नगरपालिकामा १० जना संक्रमित थपिएका छन् । बुद्धभूमि नगरपालिकामा संक्रमितको संख्या ४९ पुगेको छ ।

त्यसैगरी वाणगंगा नगरपालिकामा पनि दुई जना महिलामा संक्रमण देखिको छ । वडा नम्बर ११ का ३१ र ३८ वर्षीया महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए । वाणगंगामा संक्रमितको संख्या १४ पुगेको छ । कपिलवस्तुमा अहिलेसम्म २३ जना निको भएका छन् ।