२०७७ फाल्गुन १७ गते सोमवार
२०७७ फाल्गुन १७ गते सोमवार

खेतबारीमा गएको बेला चट्याङ लागेर दुई महिलाको मृत्यु

बुटवल, 
१९ जेठ । रुपन्देहीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुईजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहानको वर्षासँगै लागेको चट्याङले जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका २ की ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका ५ की ५० वर्षीया कमलावती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार मृतक दुवै महिला खेतबारीमा गएको बेला चट्याङ लागेर मृत्यु भएको हो ।