२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

बाँके दुर्घटना : मृत्यु भएका १२ जनाकै सनाखत

नेपालगन्ज, 
१९ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ ।

ज्यान गुमाउने अधिकांश रोल्पा र दाङका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान सुरक्षा अधिकृतहरुले गरेका छन् ।

मृतक र घाइतेको सूची :