२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

रुकुम घटना क्रुर र निन्दनिय छ : नेविसंघ

तुलसीपुर,
१९ जेठ । नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस इकाई समितिले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निन्दा गरेको छ ।इकाई सभापति कैलाश चन्दले सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै घटनामा सम्लग्न सबैलाई हदै सम्मको कारवाहीको माग गरेका छन् ।

त्यस्तै उनले पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ती उपलब्ध गराउन माग पनि गरेका छन् । सभापति चन्दले २१औं सताब्दीमा पनि जातभातको कुरा गर्नु र त्यही निहुमा अन्तरजातिय विवाह गर्न खोज्दा ज्यानै गुमाउनु पर्ने घटना अत्यन्तै निन्दनिय भएको उल्लेख गरेका छन् ।