२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

खुल्न थाले बेइजिङका शैक्षिक संस्था

एजेन्सी, 
१९ जेठ । चीनको बेइजिङमा कोभिड–१९ महामारीका कारण लामो समयदेखि बन्द शैक्षिक संस्था आजबाट खुलेका छन् । कोरोनाको कहर मत्थर हुँदै गएपछि पछिल्ला दिनहरूमा विद्यार्थीहरू विद्यालय फर्किएका हुन् ।

गत मे २६ सम्ममा बेइजिङको शिक्षा विभागले छात्रछात्राको विद्यालय फर्किने वातावरण बनाउनका लागि सबै प्रक्रिया पूरा भएको घोषणा गर्नका लागि लाइभ कार्यक्रम गरिएको थियो ।

जसमा विद्यालय प्रवेश गर्ने विद्यार्थीका लागि महामारी प्रतिरोधका लागि स्क्रिनिङ, स्यानिटाइजर, ज्वरोमापन लगायतका यावत विधिहरू व्यवस्थापन गरिएको जानकारी गराइएको थियो । हाल चीनमा कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै गएको छ तर पनि बाहिरी मुलुकबाट फर्किएका यात्रुहरूबाट कोरोना भित्रिएका केसहरू प्रायः देखिएका छन् ।

कोरोना भाइरस विरूद्धका जाँच विधिहरू यथावत राख्दै चीनमा लगभग सबै क्षेत्रको जीवन पुनः सामान्य लयमा फर्कदै गएको छ ।