२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु

बैतडी, 
२० जेठ । बैतडीमा एकजना क्वारेन्टाइनमा बसेका ब्यक्तिको मृत्यु भएको छ । जिल्लाको पुरचौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका भटनाकै २२ बर्षिय सुनिता लुहारको मृत्यु भएको हो । मुटु रोगको बिरामी रहेका लुहारको आज बिहान ५ बजे मृत्यू भएको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए ।

लुहारको अवस्था हिजो सामान्य रहे पनि आज बिहानै मृत्यु भएको उनले बताए । मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट आउनुभएकोमा १८ गतेदेखि क्वारेन्टाइनमा बसेकी थिइन् । मृतक सहित संगै बसेका ४ जनाको स्वाब संकलन गरि कोरोना परिक्षण गरिनेछ ।

मृतक लुहारका श्रीमान र ३ छोराछोरी रहेकाछन् । मृतक भारतको पञ्जावमा मुटुरोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण बिगत १२ दिनदेखि औषधी सेबन नगरेको उनका श्रीमान हरिश लुहारले बताए ।