२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

लमहीमा ४७ बर्षिय पुरुषको शव फेला

लमही,  
२० जेठ । लमहीमा एक ब्यक्ति झुण्डिएको अबस्थामा मृत फेला परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली निवासी ४७ बर्षिय नर बहादुर घर्ती मगरको शब झुण्डिएको अबस्थामा फेला परेको हो ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित आफ्नै घरको चर्पीमा झुण्डिएको अबस्थामा शब फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्ती मगरले जानकारी दिए ।

शबको पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ । मृतक घर्ती दम, सुगर लगायतका रोगहरु बाट ग्रसित रहेको पारिवारिक स्रोतले जनाएको छ । घर्ती स्वास्थ्य उपचारका लागि सुकौलीबाट करिब १ हप्ता अघि बनघुस्री स्थित घरमा आएका थिए । घर्तीका ४ छोरा र ३ बुहारी छन् ।