२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

जेठ २५ गतेभित्र कर नबुझाए जरिवाना

काठमाडौं, 
२० जेठ । आन्तरिक राजश्व विभागले जेठ २५ गतेभित्र कर बुझाउन व्यवसायीहरुलाई ताकेता गरेको छ।

विभागले सरकारले निर्णय गरी थपिएको समयभित्रै कर बुझाएर जरिबाना तथा ब्याजबाट उन्मुक्ती पाउन करदताहरुलाई आग्रह गरेको छ। आज एक सार्वजनिक सूचना गर्दै विभागले सो आग्रह गरेको हो।

लकडाउनका कारण कर बुझाउने म्याद चैत २५ गतेपछि सरकारले सार्दै आएको थियो। सुरुमा २५ बनाएको सरकारले दोस्रोपटक जेठ २५ बनाएको थियो।

विभागले मूल्यअभिबृद्धि कर, अन्तःशुल्क, आयकर, शिक्षा सेवा शुल्क, दुर सञ्चार सेवा दस्तुर बुझाउन आग्रह गरेको हो।