सल्यान,
२० जेठ । सल्यानको दार्मा गाउँपालिकामा ९ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा दार्मा गाउँपालिकाका ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
गाउँपालिकाले केहि दिन अगाडि स्वाब संकलन गरेर पठाएका मध्य ९ जनामा आज मंगलबार कोरोना संक्रमण पुष्टि भएको बताएको छ।
संक्रमीत मध्ये दार्मा १ का एकजना,२ का दुई जना, ३ का दुई जना र ४ का चार जना रहेको सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले बिज्ञप्ति मार्फत जानकारी दिएको छ। संक्रमीत सबैजना पुरुष रहेका छन।उनिहरु ३५ बर्ष देखि ५० बर्ष उमेर समुहका रहेको बताएको छ।
यो सँगै सल्यानमा कोरोना संक्रमितको संख्या ५३ पुगेको छ। यस अघि देखिएका सबै संक्रमीत ब्यक्ती बनगाड कुपिन्डे नगरपालिकाका हुन। उनिहरु सबै भारतबाट फर्केको बताएको छ।