२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

द्वन्दकालमा राखिएका बमहरु खोजेर निष्क्रिय गर्न माग

काठमाडौं, 
२० जेठ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सशस्त्र द्वन्दकालमा राखिएका बमहरु खोजेर निष्क्रिय गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

मंगलबार राष्ट्रिय सभाको विशेष समयमा देवकोटाले रोल्पामा वैशाख १८ गते बम विस्फोटबाट ४ जना बालबालिको निधन भएको स्मरण गराउँदै तत्काल द्वन्द्वकालीन समयमा राखिएका विस्फोटक पदार्थहरुको पहिचान गरी निष्क्रिय पार्न सरकारसँग माग गरेकी हुन् ।

तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोहका बेला लुकाएका बमहरु पड्केर जनता त्रसित भएको भन्दै उनले तत्काल खोजी गरी डिस्पोज गर्न आग्रह गरेकी छिन् ।

राष्ट्रिय सभा सदस्य देवकोटाले भनिन्, ‘लुकाइछिपाइ राखेका हातहतियार अहिले पनि पड्किने र जनताहरु त्रसित हुने क्रम अहिलेसम्म रोकिएको छैन् । अहिले तत्काली माओवादीका नेताहरु सरकारमा हुनुहुन्छ । सशस्त्र द्वन्दको नेतृत्वकर्ता अहिले गृहमन्त्री हुनुहुन्छ । तसर्थ ज्ञान र जानकारीका आधारमा कुन कुन ठाउँमा बमहरु लुकाइएको छ खोजी गरी डिस्पोज गर्न आग्रह गर्न चाहन्छु ।’