२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

नेपालका कोरोना जित्नेको संख्या २६६ पुग्यो

काठमाडौं, 
२० जेठ । मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन् । जिस्चार्ज हुनेमध्ये २१२ पुरुष र ५४ जना महिला रहेका छन् ।