२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

दाङका ८ जनामा कोरोना पुष्टि, प्युठानमा पनि भेटिए संक्रमित

दाङ, 
२० जेठ । आज मंगलबार दाङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको कोरोना परिक्षणका क्रममा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमा दाङका आठ जना र प्युठानका एक जना रहेका छन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणका क्रममा दाङको बंगलाचुली गाउँपालिका ७ जना र राप्ती गाउँपालिकामा दुई जना गरि आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

जस मध्य बंगलाचुली गाउँपालिका–७ निवासी २९ बर्षीय एक पुरुष र बंगलाचुली–५ का १९, २७, ३१, ३२ र ५४ बर्षीय पुरुषहरुमा कोरोनाको संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरु सरस्वती माध्यामिक विद्यालय जवरकोट र सुधा माध्यामिक विद्यालय झेल्नेटाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

त्यसै गरी देउखुरीको राप्ती गाउँपालिका–१ निवासी १८ बर्षीय पुरुष र ९ नम्वर वडाका ५५ बर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । उनीहरु नवप्रतिभा आधारभुत विद्यालय र आदर्श माधयामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका छन ।

योसँगै दाङका ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

मंगलवार नै प्यठानको स्वर्गद्धारीनगरपालिका–४ निवासी ५९ बर्षीय एक पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।