डोल्पा,
२० जेठ । ठूलीभेरीमा नगरपालिकामा गाइ चराउन गएका ३ बालबालिकाको बगेर मृत्यु भएको छ । ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मोतिपुरका ३ बालबालिका मंगलबार दिउँसो ठूलीभेरी नदीमा बगेका हुन् ।
गाई चराएर घरतर्फ फर्कने क्रममा १२ वर्षीया यशोदा भण्डारी, ११ वर्षीय गंगा कठायत र १० वर्षीय विजय कडायत नदीमा बगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रन्जितकारले जानकारी दिए ।
डिएसपी रन्जितकारका अनुसार बगेका बालबालिका मध्ये गंगा नदीमै मृत अवस्थामा भेटिएकी थिइन् । अन्य २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।