२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

बबईमा ९ जनाको आरडीटी पोजेटिभ, २० जनाको स्वाब संकलन

बबई, 
जेठ २१ । दाङको बबई गाँउपालिकाका केही वडा क्षेत्रमा कोरोना आरडीटी परीक्षण गरिएको छ। गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा आरडीटी परिक्षण गरिएको हो । परिक्षणका क्रममा ९ जनामा आरडीटी पोजेटिभ देखिएको छ।

बबई गाउँपालिकाका कोरोना फोकल पर्सन शरदराज गिरीका अनुसार वडा नम्बर ३ को जनता मावि हंसपुरको क्वारेन्टाइनमा रहेका २० जनाको आरडिटी परिक्षण गरिएकोमा ९ जनामा आरडीटी पोजेटिभ देखिएको हो। थियो । ती सबै २० जनाको स्वाब परिक्षणका लागी स्वाब संकलन गरी पठाईएको फोकल पर्सन गिरीले बताए ।

गाउँपालिकाले विभीन्न वडाहरुमा सञ्चालन गरेको ४ वटा क्वारेन्टाइनमा ४११ जना रहेको र ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताइएको छ ।