२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

रूकुम, 
२१ जेठ । रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसीले मंगलबार साँझ ८ बजे वडा नम्बर १४ मा रहेको प्रहरी चौकीमा आक्रमण गरेका छन ।

वडा नम्बर १४ को छिवाङ ज्युउलामा रहेको प्रहरी चौकिमा २५ जनाको युवा समूह लिएर एक्कासी आक्रमण गरेका हुन ।आक्रमण पछि उनीहरु फरार भएका छन ।

असईको नेतृत्वमा ७/८ जना प्रहरी रहेको उक्त चौकिको पोस्ट भत्काउनुका साथै दुई जना प्रहरी जवानलाई समेत कुटपिट गरेको बताइएको छ । खाना खाईरहेको समयमा प्रहरीमाथि एक्कासि आक्रमण भएको स्थानीयबासहरुले बताएका छन । प्रहरी चौकिमा प्रवेश गरी प्रहरीको हतियार समेत खोसेको तर पछि प्रहरी फेरि बल प्रयोग गरि हतियार फिर्ता लिएको प्रत्यक्षदर्शी स्थानीयबासिले बताएका छन ।

नेकपाबाट निर्वाचित वडा अध्यक्ष दिपक केसीले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छाडेको रिसले प्रहरी चौकिमाथी आक्रमण गरेको स्थानीयबासीको भनाइ छ ।