२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

४ दिनअघि भारतबाट फर्केकी महिलाको क्वारेन्टाइनमा मृत्यु

डडेलधुरा, 
२१ जेठ । डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक महिलाको ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ की ३० वर्षीया महिलाको मृत्यु भएको स्थानीय प्रहरी चौकीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मंगलबार राति श्रीमानसँग शौचालय गएकी महिला अचानाक बेहोस भएपछि मृत्यु भएको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक धनबहादुर बिष्टले जानकारी दिएका छन ।

गन्यापधुरा गाउँपालिकाको असिग्राम माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार उनी आफ्ना श्रीमानसहित ४ दिनअघि भारतबाट फर्केकी थिइन् । उनको मृत्यु कसरी भयो भन्नेबारे जिल्ला स्वास्थ्य कार्यालयले बुझिरहेको बताएको छ ।