बबई,
२१ जेठ । दाङको बबई गाउँपालिका वडा नं. ७ मा १०० बेडको क्वारेन्टाइन तयार भएको छ । बबई ७ चरकमटीयाको सरस्वती माविमा मंगलबार १०० बेडको क्वारेन्टाइन तयार गरिएको वडा नं. ७ का अध्यक्ष महाबिर चौधरीले बताए ।
उनका अनुसार क्वारेन्टाइनमा बेडसँगै साबुन पानी, सेनिटाइजर, हैण्डवास, डस्बिन, सामान्य औषधीलगायत चाहिने आधारभूत कुराहरुको समेत व्यवस्थापन गरिएको छ ।
क्वारेन्टाइन सञ्चालन भएसँगै भारतबाट आएका ९४ जनालाई क्वारेन्टाइनमा राखीएको छ । जसमध्ये ८९ जना पुरुष र ५ जना महिला छन् ।
-फाइल फोटो