२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

‘मुख्यमन्त्रीलाई खुला पत्र’

पर्खेर नबस्नुस मुख्यमन्त्री ज्यु, समय कहिले अनुकुल हुदैन । केही पाउनको लागि होइन, मुख्य मन्त्री ज्यु केही बन्नको लागि काम गर्नुस । अनि बास्तवमा मान्छेले गल्ती गरेर दुनियाबाट बच्न खोज्छ, तर बिचरा यो नै थाहा हुँदैन कि सजाय दुनियाले होइन समयले दिने गर्छ । तेसैले होला आज विश्व नै त्रसित भएको छ । मान्छे देखेर मान्छे डराउने र भाग्ने दिन आएको छ ।

आफ्ना प्रत्येक अङ्ग देखाउदै हिड्न खोज्ने मान्छे समय र प्रकृतिले मुख सम्म नदेखाउने बनाईदियको छ। जेहोस हामी खुसी नै छौ । कारण विश्व महामारी का रुपमा फैलिएको कोरोनाको उपचारको लागि हजुरको पहलमा प्रदेश नं. ५ को अति चर्चित अस्थाई राजधानी बन्नको लागि चर्चा पाएको ठाउँ तर बिडम्बना नबनेको ठाउँ हजुरकै पहलमा प्रदेश नं. ५ कै कोरोना विशेष अस्पताल पाउँदा हामी बेलझुन्डी र पुरै दाङ बासी खुसी नै छौं ।

प्रदेश नं. ५ को अरु ठाँउ जस्तो कोरेन्टाईन बनाउन वा कोरोना विशेष अस्पताल बनाउने प्रदेश नं. ५ सरकारको निर्णयको यो या त्यो बहानामा बिरोध गरेका छैनौ, बरु हामिले सकेजती सहयोग नै गरेका छौं । जबकी अरु ५ नं. प्रदेशको अरु धेरै ठाँउमा यो विषयमा बिरोध भएको पाईन्छ, तर हामी संक्रमीत उपचार गर्न पाउने अधिकारको सम्मान गर्दछौ र मुख्यमन्त्री ज्युलाई विशेष धन्यवाद तथा बधाई दिन चहान्छु । म मुख्य मन्त्रीकै गाउँले भाको कारणले संक्रमीतको उपचारमा बाधा पुर्याउनु गम्भीर अपराध ठान्दछु र यस्ता हरेक कार्यहरुमा मुख्यमन्त्री ज्युलाई सदैब सघाउने बाचा गर्दछु ।

तर मुख्यमन्त्री ज्यु कोरोना विशेष अस्पताललाई यही कोरोना महामारीको बेला मात्र प्रयोग गर्ने काम नगर्नु होला । हामी हजुरलाई सचेत बनाउन चाहन्छौ । जुन अफ्ट्यारो परिस्थितिमा प्रयोग गरेर सहज अबस्था आयो भने यो या त्यो बहानामा फेरि यो अस्पताल र यहाँ आएका, भएका सेवा सुविधालाई हजुरको ५ नं. प्रदेश सरकारको आदेशमा कोरोनाको महामारी पछी अन्यत्र सार्ने वा तेस्ता कुराबाट बन्चित बनाउने काम नगर्नु होला । यस्तो भयो भने हामी कुनै पनि हालतमा हजुरलाई माफ दिने छैनौं.

भन्छन नि आफ्नाले दिएको चोट धेरै लाग्छ भनेर, तर हामी हजुरलाई हजुरको छिमेकीको नाताले कहिले चोट गाली दिने पक्षमा छैनौ । हजुरलाई स्मरण हवस् ‘जब तलाउमा पानी भरिन्छ तब माछाले किरालाई खाने गर्छ, तर जब तलाउमा पानी सुकेर जान्छ तब त्यही माछालाई किराले खाने गर्छ’ पालो सबैको आउँछ ।

भोलि फेरि हजुर मुख्यमन्त्री नहुने दिन पनि आउन सक्छ त्यसैले ५ नं. प्रदेशको स्थाई राजधानी र नामाकरण तोक्दा सबै ठाउँलाई विशेष हुने गरि विशेष ठाउँमा नै तोक्नु होला हजुरलाई अग्रिम बधाई छ । राजधानी दाङ बेलझुन्डिमा नै तोक्नु होला कोरोना विशेष अस्पताल आउँदा भय, डर, त्रासमा भएका यस क्षेत्रका जनतालाई स्थाई राजधानी उपहार दिएर खुशी साट्ने मौका दिनु होला ।

शंकर नेपाली
तरुणदल जिल्ला सदस्य, दाङ