२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

अब प्रहरीले नागरिकलाई ‘हजुर’ भनेर सम्बोधन गर्ने

शरद रेग्मी, 
तुलसीपुर २१ जेठ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुखको नयां जिम्मेवारी सम्हाल्न आइपुगेका डिएसपी शिव वहादुर सिंहले लकडाउनको व्यवस्थापन र कोरोनाको संक्रमणको जोखिन न्युनिकरणमा आफ्नो पहिलो प्रार्थमिकता हुने बताएका छन् ।

लकडाउन जारीरहेकै अवस्थामा एक बर्षे कार्यकाल पुरा नहुंदै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरीहरनाथ योगीको सरुवा भएसंगै कार्यालय प्रमुखको जिम्मेवारीमा प्रहरी नायव उपरीक्षक शिव वहादुर सिंह आएका हुन् । इलाका प्रमुखको जिम्मेवारीसंगै बुधवार आयोजना गरीएको पत्रकार भेटघाटमा उहाले तुलसीपुर प्रवेश गर्ने वित्तिकै यहां कुम्भमेलाको जस्तो अवस्था देखिएकाले त्यसलाइ सरोकारवाला संपुर्ण तुलसीपुरबासीहरुको समन्वयमा व्यवस्थापन गरीने पनि बताए ।

‘लकडाउनका विषयमा समस्त तुलसीपुरबासी एक हुनुस्, सुरक्षा निकायले त्यस्तै व्यवस्थापन गर्ने छ’—पत्रकार भेटघाटका क्रममा डिएसपी सिहले भने, लकडाउनलाइ कसरी व्यवस्थापन गर्ने आम तुलसीपुरबासीको पनि दायित्व हो । इलाका प्रहरी कार्यालय तुलसीपुरले एउटा उपमहानगरपालिका र ३ वडा गाउँपालिकाको सुरक्षा जिम्मेवारी वहन गर्दै आएको छ ।

अहिलेको प्राथमिकता भनेको लकडाउनको कार्यन्वयन र व्यवस्थापनसंगै कोरोना भाइरसबाट फैलनसक्ने संक्रमणको जोखिन न्युनिकरण गर्ने भएको भन्दै अन्य शान्तिसुरक्षाका सवालमा पनि आफु त्यत्तिकै गम्भीर रहेको पनि प्रहरी नायव उपरीक्षक सिहले बताए । आफुले यो गर्छु र उ गर्छु भनेर उद्घोष नगर्ने बताउंदै उनले सवै काम नतिजा आउनेगरी गरेर देखाउने पनि बताए ।

त्यसै अवसरमा उहांले सरकारले गरेका निर्णयहरु कार्यान्वयन गराउने सवालमा पनि आफ्ना माताहतका सुरक्षाकर्मिहरुलाइ निर्देशन दिंदै प्रहरी पव्लिक पार्टनरसिपमा योजनाहरुलाइ माइन्युटिङ गर्ने बताए । साथै लकडाउनको समयमा प्रहरीको मुख्य संपर्क नागरीकहरुसंग हुने भएकाले प्रहरीको व्यवहारलाइ पनि सुधार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘तीन दिनको अल्टिमेटम दिएको छु, प्रहरीले सवै नागरीकहरुलाइ तपाइ हजुर भनेर सम्वोधन गर्ने छ’—उनले भने । व्यवहारमा परीवर्तन नआएको भेटिए कारवाहि पनि हुने उनको भनाइ थियो । राजनितिज्ञले दिएको अनैतिक दवावलाइ आफुले कहिल्यै ग्रहण नगर्ने भन्दै कानुनी राज्यको स्थापनामा आफ्नो प्रमुख दायित्व हुने बताए । ‘राजनितिज्ञले के भन्छन् ड्याम केयर, निष्पक्ष न्याय दिनुमा मेरो पहिलो जिम्मेवारी हुनेछ’, डिएसपी सिंहको भनाइ थियो ।

लकडाउनमा केहि लचकता सुरक्षा निकायले पनि अपनाउनुपरेको भन्दै त्यसका लागी उद्योगी व्यवसायी, नागरीक समाज, स्थानिय सरकारका प्रतिनिधिहरु, बैंक तथा वित्तिय संस्थाहरु लगायत आम सरोकारवालाहरुसंग यो विषयमा एक एक गरी छलफल गरी अघि बढ्ने पनि उनको अभिव्यक्ति थियो । ‘सुरक्षा निकाय जहिले पनि आरोप खेप्ने निकाय हो, लकडाउन खुकुलो पारे नागरीकहरुले किन टाइट गर्न नसकेको भन्छन, टाइट गरे किन यतिसारो गरेको भन्छन्, यो अवस्थामा तपाइ मिडियाकर्मिहरुको सुझाव पनि अपरीहार्य छ’, उनले भने । जनतालाइ रुवाउने आफुहरुको चाहना नभएको भन्दै लकडाउनको व्यवस्थापनका सवालमा तुलसीपुर एक हुनुपर्ने पनि उनको चाहना थियो ।

यसैबीच पत्रकार भेटघाटका क्रममा डिएसपी सिंहले सन्चारकर्मिहरुलाइ यो विषम परीस्थीतिमा विना रोकतोक समाचार संकलनका लागी आवागमनको व्यवस्थापन हुने पनि बताएका छन् । अपराध नियन्त्रण तथा लागुऔषध दुव्र्यसनी न्युनिकरणको अभियानमा विशेष दख्खल राख्ने डिएसपी सिँहले आफ्नो क्षेत्रमा हुने लागुऔषध दुव्र्यसनीको न्युनिकरण, गुणडागर्दि नियन्त्रण, जुवातास नियन्त्रण लगायतका विषयमा विशेष ध्यान दिंदै शान्त तुलसीपुरको अभियानमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

नयां डिएसपी आएसंगै सोमवार सांझ देखि नै तुलसीपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएको छ । विना अनुमुति गुड्ने दर्जनौं सवारीसाधनहरु सुरक्षा निकायको होल्डमा राखिन थालेको छ ।