२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

रुकुम घटनाको विरोध गर्दै मनाईयो छुवाछूत उन्मुलन दिवस

तुलसीपुर,
२१ जेठ । सरकारले २०६३ जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस मनाउने गरिन्छ । यस बर्ष कोरोना भाईरसको माहामारीबाट बच्नका लागी देशमा बन्दाबन्दीका कारण विगतका वर्षमा जस्तो यस वर्ष कुनै औपचारिक कार्यक्रम हुन सकेको छैन ।

दिवसका अवसरमा बुधवार तुलसीपुरमा दलित युवाहरुले निधारमा कालो पट्टी बाँधेर दिवस मनाएका छन । छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १४ बर्ष वितिसक्दा पनि जातियताको आधारमा गत जेठ १० गते रुकुम पश्चिममा भएको दर्दनाक घटना भएको भन्दै उनीहरुले दिवस मनाउनुको औचित्य नभएको टिप्पनी गर्दै घटनाको विरोध गरेका छन ।

संयुक्त युवा समुहको संयोजक खेमराज बिकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जातिय विभेद अन्त्यका लागी बनेका कानुनहरु कागजमै सिमित भएको बताएका छन् । बनेका संबैधानिक अधिकार कार्यान्वयन नभएको र जातीय विभेदका नाममा घटनाहरु समाजमा भईरहेको उनीहरुको भनाई थियो ।

साथै उनीहरुले कागजमा उल्लेख भए अनुसार दिवस मनाएर मात्रै विभेद अन्त्य नहुने बताएका छन् । मेघराज सोनिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अधिकारकर्मी निर्मला गुप्ता, नारायण परियार, इस्वरी सुनार, चेत बहादुर सेर्पाइली, निर्मल नेपाली, देबिका नेपाली र घनश्याम सेर्पाइलीले लगाएतले बोलेका थिए भने कार्यक्रमको संचालन प्रकाश सेर्पाइलीले गरेका थिए ।