२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

क्वारेन्टाइनलाई पानी सहयोग

बबई, 
२१ जेठ । कोभिड १९ को संक्रमण आशंका गरिएका वा संक्रमण भएका व्यक्तिहरुको सम्पर्कमा पुगेका ब्यक्तिहरुका लागि बबई गाउँपालिका वडा नं. ६ ले तयार गरेको क्वारेन्टाइनका लागि सहयोग जुट्दै गएको छ ।

जस अन्तर्गत बबई गाउँपालिकाको हापुरे बजारमा रहेको खड्का अटोमोबाल्सका प्रोप्रराइटर खुम बहादुर खड्काले वडा नं. ६ को भानुभक्त मावि पंचकुले क्वारेन्टाइनलाई २० कार्टुन पानी सहयोग गरेका छन् ।

खड्काले क्वारेन्टाइन व्यवस्थापनमा सहयोग पुग्ने भन्दै आज वडा नं. ६ का वडा अध्यक्ष रामबहादुर डाँगीलाई पानी हस्तान्तरण गरेका हुन ।