२०७७ कार्तिक ८ गते शनिवार
२०७७ कार्तिक ८ गते शनिवार

रूकुममा प्रहरी चौकी आक्रमण गर्ने वडाध्यक्ष पक्राउ

रुकुम, 
२१ जेठ । रूकुम पश्चिमको मुसीकोट नगरपालिका १३ का वडाध्यक्ष दीपक केसी पक्राउ परेका छन्। प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिए।

‘प्रहरीले केहीबेर अघि उहाँलाई पक्राउ गरेको छ,’ प्रजिअ पौडेलले भने ‘चौकी आक्रमण गर्न जाने अन्यको खोजी कार्य भइरहेको छ।’ वडाध्यक्ष केसीले मंगलवार बेलुका सवा ८ बजेतिर मदिराले मातेपछि ग्याङसहित वडा १४ स्थित अस्थायी प्रहरी पोष्ट छिवाङमा आक्रमण गरेका थिए।