२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दाङको मसोट खोलामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

दाङ, 
२१ जेठ । दाङको मसोट खोलामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक भारत निबासी भलदेव सिङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

घोराहीबाट भारतका लागि छुटेको टिभि ०५ डब्लु ७७३३ नम्बरको भारतीय ट्रकले सोही दिसातर्फ गईरहेको रा४प ४१६६ नम्बरको मोटरसाईकलाई घोराही–लमही सडकखण्डको मसोट खोलामा ठक्कर दिएर सडक देखि १५ मिटर तल खस्दा उक्त दुर्घटना भएको हो ।

त्यसैगरी घाईते हुनेमा मोटरसाईकल चालक लमही नगरपालिका–४ निबासी भगवानदिन चौधरी र रञ्जना चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । घाईते दुबैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।