२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भीरबाट तीन सय मिटर तल खसेर एक युवाको मृत्यु

रुकुम पश्चिम, 
२२ जेठ । रुकुम पश्चिममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका–१४, का २२ वर्षीय चन्द्रबहादुर बीसीको स्थानीय सञ्जयी भीरबाट लडेर मृत्यु भएको हो ।

काठ लिएर जंगलबाट फर्कने क्रममा बीसी भीरबाट लडेका थिए । उनी झण्डै तीन सय मिटर तल खसेका थिए । बीसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साढे ५ बजे लडेका उनको शव बेलुकी भेटिएको थियो ।