२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

‘आफूखुसी पसल खोल्दा कोरोना फैलिए कसले जिम्मा लिने ?’

बुटवल, 
२२ जेठ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुसी पसल खोल्दा समुदायस्तरमा कोरोना फैलिए कसले जिम्मा लिने भन्ने प्रश्न गरेका छन्।

काठमाडौंलगायत जिल्लामा व्यापारीले पसल खोल्न थालेका खबर आइरहेका बेला मुख्यमन्त्री पोखरेलले बिहीबार फेसबुकमा स्टाटस लेख्दै गम्भीर बन्न आग्रह गरेका हुन्।

‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन,’ मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘आफूखुसी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने ? गम्भीर बनौं।’

जिल्ला जिल्लाका उद्योग वाणिज्य संघ, साना ठूला व्यापारीक संघले पसल खोल्न आफू मातहतका व्यापारीलाई आग्रह गरेको सन्दर्भमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।