२०७७ मङ्सिर १८ गते बिहिवार
२०७७ मङ्सिर १८ गते बिहिवार

दुई दिनमा १ सय शैयाको आइसोलेसन वार्ड निर्माण

सल्यान, 
२२ जेठ । सल्यान शारदा नगरपालिका–२, लुहापिङ्गको सल्यान बहुमखी क्याम्पसमा २ दिनमा सय शैयाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । कोरोना संक्रमित बढ्दै गएपछि उनीहरुलाई राख्ने ठाँउको अभाव भएपछि सल्यान क्याम्पस सल्यानमा आइसोलेसन कक्ष निर्माण गरिएको हो ।

नेपाली सेनाको समन्वयमा रातदिन गरेर दुई दिनमा आइसोलेसन कक्ष निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । जिल्लाको अस्पतालमा २४ शैयाको मात्र आइसोलेसन कक्ष भएको र संक्रमितको संख्या बढ्दै गएपछि सुविधायुक्त आइसोलेसन कक्ष निर्माण गरिएको उनले जानकारी गराए ।

उनका अनुसार निर्मित आइसोलेसन कक्ष जिल्ला अस्पतालको मातहतमा रहने छ ।