२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

क्वारेन्टिनमा रहेकालाई व्यक्तिगत सरसफाईका सामाग्री उपलब्ध

देउखुरी, 
२२ जेठ । क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले राप्ती गाउँपालिकालाई ब्यक्तिगत सरसफाईका सामाग्री उपलब्ध गराएको छ । कोभिड १९ को कारण राप्ती गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिनहरुमा बस्नेहरुका लागि सो सामाग्री उपलब्ध गराईएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई सामाग्री हस्तान्तरण गर्दै क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरकी विद्यार्थी संयोजक दिपा चौधरीले गाउँपालिकाले सञ्चालन गर्दै आएको कोरोना संक्रमण रोकथामका प्रयासहरुमा साथका दिनका लागि सामाग्री उपलब्ध गराईएको बताईन् ।

गढवा गाउँपालिकाको चैनपुरमा कार्यालय रहेको क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिका लाई ६ सय पीस लुगाधुने सावुन र ६ सय पीस नुहाउने सावुन, २ हजार पत्ता स्याम्पु, २५ सय खानाखाने टपरी, पीपी फर्म ५५ मिटर, सेनेटरी प्याड १२० पीस, प्लास्टिक बाटा २० पीस, प्लास्टिक गुन्द्री २५ पीस, प्लास्टिक मग २० पीस र ५०० लिटर प्लास्टिक पानी टंकी प्रदान गरेको छ ।

बुधवारसम्म करिव ८ सय वढि नागरिक क्वारेन्टिनमा बस्दै रहेको अवस्थामा क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिकाको कोरोना संक्रमण रोकथामका प्रयासहरुमा साथ र सहयोग गरेकोमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले धन्यवाद प्रदान गरेका छन् ।