२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

पाल्पामा कोरोनाबाट ४५ वर्षीय पुरुषको मृत्यु

बुटवल, 
२२ जेठ । पाल्पाको पूर्वखोलाका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । उनको जेठ २० गते मिसन अस्पताल पाल्पामा मृत्यु भएको थियो ।

उनको संकलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनी भारतबाट आएर क्वरेन्टाइनमा बसेका थिए भने स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना भएकोमा मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० पुगेको छ।