२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

घाँस काट्ने क्रममा भिरबाट लडेर एकको मृत्यु

प्युठान, 
२२ जेठ । घाँस काट्ने क्रममा भिरबाट लडेर प्युठानमा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा जिल्लाको मल्लरानी गाउँपालिका–१ टोड्के निबासी ६२ बर्षका खुम बहादुर घर्ती रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

भुर्जो गैरोको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर ३ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।