दाङ,
२२ जेठ । दाङको टरिगाउँ एरपोर्टको धावन मार्ग बिस्तार गर्न माग गर्दै दाङ जिल्लावाट प्रतिनिधित्व गर्ने सांसदहरुले पर्यटन मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लावाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुले बिहीवार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईलाई भेटेर टरिगाउँ एयरपोर्टको धावन मार्ग ४०० मिटर विस्तार गर्न बजेटको व्यवस्था गरिदिन माग गरेका हुन ।
दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित कृष्णबहादुर महरा, निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचन मेटमणि चौधरी लगाएत ९ जनाले पर्यटन मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै त्यस्तो माग गरेका हुन ।
त्यसरी ज्ञापन पत्र बुझाउन जानेहरुमा सांसदहरु जगप्रसाद शर्मा, रेखा शर्मा, शान्ता चौधरी, कोमल वली,बिष्णु पौडेल, गंगा चौधरी लगाएतका थिए ।