२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु

जुम्ला, 
२३ जेठ । जुम्लाको क्वारेन्टाइनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका –८, धुपीढुस्का माध्यामिक विद्यालय, तलिउमको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

‘मृतक २१ गते जिल्लाबाहिरबाट आएका थिए,’ उनले भने, ‘स्वाबको नमुना संकलन लिन चिकित्सकसहित म पनि तलिउम जाँदैछु, रिपोट नआएसम्म ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’

उनी दमको बिरामी थिए भन्ने प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।