शान्तिनगर,
२३ जेठ । एविलिज फाउन्डेसन फिनल्यान्डको सहयोग र राप्ती बहिरा संघ दाङले शान्तिनगर गाउँपालिकालाई स्वास्थ्य तथा सरसफाईका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुग्ने उद्देश्यले गाउँपालिकालाई स्वास्थ्य तथा सरसफाईका सामाग्रीहरु हस्तारन्तरण गरिएको हो ।
गाउँपालिकाले सो सामाग्री आफ्ना वडाहरु मार्फत अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गर्नेछ ।