तुलसीपुर,
२३ जेठ । ५ जुन अर्थात विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले रक्त सञ्चार केन्द्र तुलसीपुर र राप्ती प्रादेशिक अस्पतालको हाता बाहिर झाडी सरसफाई गरेको छ ।
शान्ती समाजको आजको सरसफाई कार्यक्रम शाखा उपसभापति तुलसीराम सुनारको सभापतित्वमा भएको हो । त्यस अवसरमा शान्ति समाजका केन्द्रिय महासचिव सुशील बस्नेत, शाखाका पुर्ब सभापति निर्मल नेपाली र सुरेश श्रेष्ठ, सामाजिक अभियान्ता टोपबहादुर महतरा, नेपाल रेडक्रस दाङका सदस्य भिमलाल मरासिनीले पर्यावरण दिवसको बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण सचीव निर्मला डाङी योगीले गर्नु भएको थियो ।