२०७७ कार्तिक १० गते सोमवार
२०७७ कार्तिक १० गते सोमवार

राप्ती प्रादेशिक अस्पतालमा पिसिआर परिक्षण गर्न माग

दाङ,  
२३ जेठ । भारतलगायत अन्य देशबाट आउने नेपालीहरुको संख्या बढेसँगै दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा पिसिआर टेस्टको व्यवस्था गर्न माग गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा पिसिआर टेस्टका लागि एउटा मात्रै मेसिन भएको भन्दै तत्काल थप व्यवस्था गर्नका लागि प्रदेश नम्वर ५ सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना चेकजाँच गर्नेको संख्या उल्लेख्य मात्रामा बढेको हुँदा समस्या आएको भन्दै तत्काल चेकजाँचको व्यवस्था गर्नका लागि अनुरोध गरेको हो ।

जिल्लामा एउटा मात्रै पिसिआर मेसिन हुँदा स्वाब संकलन गरेको लामो समयसम्म पनि रिपोर्ट आउने गरेको छैन । अहिले सामान्यतया स्वाब संकलन गरेको ५ दिनपछि मात्रै रिपोर्ट आउने गरेको छ ।