२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

चार सय यातायात मजदुरलाई खाद्यान्न सहयोग

दाङ, 
२३ जेठ । लकडाउनका कारण छाक टार्न समस्या भएका दाङका चार सय यातायात मजदुरहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।

तुलसीपुरमा प्रधान कार्यालय रहेको त्रिसिद्देश्वरि राप्ती यातायात सेवा प्रालिका मजदुरहरुलाई प्रालिले आज शुक्रबार खाद्यान्न बितरण गरेको हो ।

प्रालिका अध्यक्ष सुरेश हमालको पहलमा प्रधान कार्यालय तुलसीपुर र शाखा कार्यालयहरु घोराही, लमही र भालुबाङका करीब चार सय यातायात मजदुरहरु र केहि कर्मचारीहरुलाई पच्चिस केजी चामल, दाल, तेल र नुन सहयोग गरीएको हो ।